सरकारले चाँडै एयर कार्गो नीति ल्याउने

नागरिक उड्डयन मन्त्री सुरेश प्रभुले सरकारद्वारा चाँडै एयर कार्गो नीति जारी गरिने जानकारी दिनुभएको छ। यो नीतिलाई मञ्जूरीका लागि क्याबिनेट समक्ष पेश गरिने  श्री प्रभुले बताउनुभएको छ।

नयाँ दिल्लीमा सीआईएसएफ-को स्वर्ण जयन्ती समारोहमा समापन समारोहलाई सम्बोधित गर्दै श्री प्रभुले भन्नुभयो, एयर कार्गो नीतिले उड्डयन क्षेत्रको विकास हुनेछ र मुलुकको अर्थतन्त्र मजबुत हुनेछ। उहाँले भन्नुभयो, यस नीति अन्तर्गत कृषि उत्पादलाई एयर कार्गोमा पठाउन सकिनेछ र किसानहरूले आफ्ना उत्पादलाई मुलुकका अन्य भागमा बिक्री गर्न सक्नेछन्। श्री प्रभुले भन्नुभयो, उड्डयन क्षेत्रमा सुरक्षा वैश्विक मानकको रहेक छ तर यसलाई समुन्नत पार्नुपर्ने खाँचो छ।