रकेटको असफलतापछि अब रसियाले नयाँ मानव सहितको अन्तरिक्ष यान छोड्ने  

रसियाले सुक्रबार जनाएअनुसार, उसले नयाँ मानव सहितको अन्तरिक्ष यान अन्तर्राष्ट्रि अन्तरिक्ष स्टेशनमा पठाउने भएको थियो तर रकेटको असफलताले चालक दलका सदस्यहरूले रकेटलाई आपातकाकलीन अवतरण गराउन परेपछि कार्गो शिप छोड्ने कार्य स्थगित राखिएको छ।

सोभियत संघको इतिहासपछि रसियामा यस्तो प्रकारको यो पहिलो घटना हो। मुलुकको अन्तरिक्ष उद्योगकै लागि यो एक ठूलो झटका हो।

सोयूज रकेटमा बिहिबार कजाकास्तानको बैकोनूल उडान केन्द्रबाट उडेको केही क्षणमा नै खराबी आएपछि रसियाका अन्तरिक्ष

वैज्ञानिक अलेक्सेभ ओभचिनिन् र अमेरिकी अन्तरिक्ष वैज्ञानिक नीक हेग पृथ्वीतर्फ फर्केर आएका छन्।

सोभियत डिजाइनको सोयूज रकेट भनेपछि विश्वमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनलाई सहयोग पुऱ्याउने एकमात्र रकेट हो।