एसियाली प्यारा खेलको समापन दिनमा भारतले थप २ स्वर्ण पदक जिती प्रतियोगतामा कुल ७२ स्वर्ण पदकहरू जित्यो

शनिबार, जकार्तामा एसियाली प्यारा खेलको समापन दिनमा भारतको प्रदर्शन उत्कृष्ट रह्यो। यो दिन भारतले दुइ स्वर्ण र तीन कांस्य पदकहरू जित्यो। सबै पाँच पदकहरू ब्याडमिन्टन प्रतिस्तपर्धाबाट प्राप्त भएका हुन्।  यसकासाथै भारतले यस प्रतियोगितामा कुल ७२ पदकहरू जितेको छ जसमा १५ वटा स्वर्ण पदकहरू रहेका छन्।

पुरुष एकल एसएल-३ श्रेणी-को ब्याडमिन्टन स्पर्धामा प्रमोद भगत-ले इन्डोनेसिया-का उकुन रुकाएन्दीलाई  २१-१९, १५-२१, २१-१४-ले परास्त गरी स्वर्ण पदक जिते। पुरुष एकल एसएल-४ श्रेणीको ब्याडमिन्टन स्पर्धामा भारतका निम्ति अर्को स्वर्ण पदक, तरुणले चीनका यूयाङ्ग गाउलाई २१-१६, २१-६-ले परास्त गरी हासिल गरे। पुरुष एकल एसएल-३ श्रेणीको ब्याडमिन्टन स्पर्धामा मनोज सरकारले कांस्य पदक हासिल गरे भने पुरुष युगल एस ३ र एस ४-का स्पर्धाहरूमा मनोज सरकार र प्रमोद भगतको जोडी तथा अानन्द कुमार गौडा र नितेश कुमारको जोडीले एक-एकवटा कांस्य पदक जित्यो।

भारतका निम्ति प्यारा एथलिटिहरूले ३६ पदकहरू जिते जसमा ७ स्वर्ण, १३ रजत र १६ कांस्य पदक सामेल छन्। ब्याडमिन्टन र बुद्धिचालबाट ९-९ वटा पदकहरू प्राप्त भयो भने  प्यारा-पौडीबाट ८ पदकहरू प्राप्त भयो।

१५ स्वर्ण, २४ रजत र ३३ कांस्य पदकहरूकासाथ भारतले  पदकतालिकामा  ९-औं स्थान ओगट्यो।

१७२ स्वर्ण, ८८ रजत तथा ५९ कांस्य पदकहरूकासाथ कुल ३१९ पदकहरू जितेर चीनले पदकतालिकाको शीर्ष स्थान ओगट्यो।   ५३ स्वर्ण, ४५ रजत र ४७ कांस्य पदकहरूकासाथ दक्षिण कोरिया दोस्रो स्थानमा, अनि   ५१ स्वर्ण, ४२ रजत र ४३ कांस्य पदकहरूकासाथ  ईरान तेस्रो स्थानमा रहेको छ।

यो,भारतको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन थियो। यसअघि, भारतले २०१४-को संस्करणमा ३ स्वर्ण, १४ रजत र १६ कांस्य गरी कुल ३३  पदकहरू जितेको थियो।