सुमात्रा द्वीपमा मुसलधारे पानीले ल्याएको बाढ र पहिरोमा २७ जनाको मृत्यु

इन्डोनेसियाको सुमात्रा द्वीपमा मुसलधारे पानीले ल्याएको बाढ र पहिरोको चपेटमा परी कम्तीमा पनि २७ जना मारिएका छन्।

जकार्तामा स्थानीय प्रहरी प्रमुख ईर्सान सिनुहाजीले बताएअनुसार, हिजो दिउँसो उत्तरी सुमात्रा प्रान्तको मनडैलिङ नताल जिल्लामा अचानक बाढी आयो तथा यस बाढले मौरा सलादी गाउँमा एउटा इस्लामिक पाठशाला क्षतिग्रस्त पाऱ्यो र २९ नानीहरू भलमा बगे। उहाँले भन्नुभयो, घण्टौंपछि उद्धारकर्मीहरूले ११ जना नानीहरूका शव हिलोमाटो र भग्नावशेषहरूबाट फेला पारे।  

राष्ट्रिय आपदा प्रबन्धन एजेन्सीका प्रवक्ता, सुतोपो पुरवो नुग्रोहो-ले भन्नुभयो, उद्धारकर्मी र गाउँलेहरू १७ जना नानीहरू र अनेकौँ शिक्षकहरूलाई बचाउन सफल बने।