राष्ट्र संघको खाद्य एवम् कृषि संगठनद्वारा सिक्किमलाई विश्वको पहिलो पूर्ण जैविक कृषि राज्य बनेकोमा पुरस्कार प्रदान

सिक्किमले विश्वकै पहिलो पूर्ण जैविक कृषि राज्य बनेकोमा यो वर्षको राष्ट्र संघ खाद्य एवम् कृषि संगठन (एफएओ)-को “फ्युचर पलिसि फर गोल्ड” पुरस्कार जितेको छ।

एफएओ-ले बताएअनुसार, कृषिविज्ञान तथा सतत खाद्य प्रणालीमाथि उसका नीतिहरूका लागि सिक्किमलाई यो पुरस्कारका निम्ति मनोनित गरिएको थियो। २५ मुलुकहरूबाट ५१ मनोनित नीतिहरूलाई उच्छिन्नेर सिक्किमले “स्वर्ण” पुरस्कार जितेको हो। आफ्ना नीतिहरूका लागि ब्राजील, डेनमार्क तथा इक्वेडरले “रजत” पुरस्कार जिते।

राष्ट्र संघको यस निकायले बताएअनुसार, सिक्किमका नीतिहरूले ६६,००० भन्दा बढी कृषकहरूलाई मद्दत गरेका थिए, पर्यटनलाई गति दिएका थिए तथा अन्य मुलुकहरूका लागि एउटा आदर्श स्थापित गरेका थिए।

सानो हिमाली राज्य सिक्किमलाई सन् २०१६-मा पूर्ण जैविक राज्य घोषित गरिएको थियो।

सिक्किमका मुख्य मन्त्री पवन चामलिङले भोली रोम-मा उक्त पुरस्कार ग्रहण गर्नुहुनेछ।