नेपाल: गुरजा पर्वतको बेस क्याम्पबाट आठ पर्वतारोहीहरूको शव उद्धार गर्ने अभियान सम्भवत: आजदेखि पुन: सुरु हुने


नेपालमा, गुरजा पर्वतको बेस क्याम्पबाट आठ पर्वतारोहीहरूको शव उद्धार गर्ने अभियान सम्भवत: आजदेखि पुन: सुरु हुनसक्छ। हिजो तूफान र खराब मौसमका कारण उद्धार-हेलिकप्टर अवतरण हुन सकेन। हाम्रो संवाददाताको रिपोर्टअनुसार, सुक्रबार एउटा विनाशकारी हिमस्खलनको चपेटमा उनीहरूको क्याम्प आएपछि पाँच कोरियाली तथा तीन नेपाली पर्वतारोहीहरू मारिएका हुन्। तम्बुका भग्नावशेषहरूमा आठ पर्वतारोहीहरूको शव देखा परेका छन् भने एकजना नेपाली गाइड अहिलेसम्म बेपत्ता छ। विगत केही दिनदेखि ७,१९३ मीटर अग्लो गुरजा पर्वतको फेदीमा पाँच दक्षिण कोरियाली तथा चार नेपाली गाइहरूको एउटा टोली क्याम्प हालेर बसिराखेको थियो। उनीहरू राम्रो मौसमको प्रतिक्षामा थिए। यो बेस क्याम्प ३,५०० मीटरको उचाइँमा अवस्थित छ तथा नजिकैको गाउँबाट त्यहाँ पुग्नु कम्तीमा पनि एकदिने चढाई गर्नु पर्दछ। गुरजा, नेपालको अन्नपूर्ण क्षेत्रमा विरलै चढाई गरिइएको एउटा पर्वत हो। सन् २०१५-मा शक्तिशाली भूकम्पले उत्पन्न गरेको हिमस्खलनमा माउन्ट एभरेस्टको बेस क्याम्पमा १८ जनाको मृत्यु भएदेखि यता नेपालमा यो घातक तूफान आएको हो।