परराष्ट्र मन्त्री सुषमा स्वराजले दिनुभयो भारत युएनएचआरसी-मा निर्वाचित भएको जानकारी

शनिबार परराष्ट्र मामिला मन्त्री सुषमा स्वराजले भारत सर्वाधिक मत प्राप्त गरी राष्ट्र संघ मानवाधिकार परिषद् (युएनएचआरसी)-मा निर्वाचित भएको जानकारी दिनुभयो। एउटा ट्वीटमा श्रीमती स्वराजले भन्नुभयो, भारतले १९३ मध्ये १८८ मत प्राप्त गऱ्यो।

भारत एसिया-प्रशान्त वर्गमा तीन वर्षका लागि निर्वाचित भएको छ, जुन कार्यकाल १ जनवरी २०१९-देखि सुरु हुनेछ। १९३ सदस्यीय राष्ट्र संघ महासभाले राष्ट्र संघको शीर्ष मानवाधिकार निकायमा नयाँ सदस्यहरूका लागि चुनाव आयोजित गरेको थियो। एउटा गुप्त ब्यालटमार्फत १८ नयाँ सदस्यहरू पूर्ण बहुमतले निर्वाचित भए।   

चुनाव पश्चात् राष्ट्र संघमा भारतका स्थायी प्रतिनिधि, राजदूत सैयद अकबरुद्दीनले भन्नुभयो, यस सर्वाधिक मतले अन्तर्राष्ट्रिय समुदायमा मुलुकको दर्जालाई प्रतिबिम्बित गर्दछ। एसिया-प्रशान्त वर्गमा भारतले १८८ मत प्राप्त गऱ्यो भने फिजिले १८७, बाङ्गलादेशले १७८, बाहरेन र फिलिपिन्स प्रत्येकले १६५ मत प्राप्त गरे।

यसअघि भारत जेनेभा स्थित यस मानवाधिकार परिषद्मा २०११-२१४ तथा २०१४-२०१७ कार्यकालका लागि निर्वाचित भएको थियो। मार्च सन् २००६-मा राष्ट्र संघ महासभाद्वारा मानव अधिकारसम्बन्धी मामिलाहरूसित निप्टिन एउटा प्रमुख निकायको रूपमा गठित मानवाधिकार परिषद्, ४७ निर्वाचित सदस्य राष्ट्रहरूको निकाय हो।