अमेरिका: हरीकेन माइकलमा मृर्नेहरूको संख्या बढेर १७ पुग्यो

संयुक्त राज्य अमेरिकामा विनाशकारी तूफान हरीकेनको चपेटमा परी मर्नेहरूको संख्य बढेर १७ पुगेको छ। फ्लोरिडामा आठ, भर्जिनियामा पाँच, जर्जियामा एक तथा नर्थ क्यारोलिनामा तीन जनाको मृत्यु भएको रिपोर्ट छ। उद्धारकर्मीहरूले उत्तर-पश्चिम फ्लोरिडाका क्षतिग्रस्त क्षेत्रहरूमा उद्धारकार्य तीव्र पारेका छन्। हरीकेन तूफानको प्रकोपमा मर्नेहरूको संख्या अझ वृद्धि हुने आशङ्का छ।

फ्लोरिडाका गभर्नर रिक स्कटले भन्नुभयो, श्रेणी ४-को रूपमा बुधबार माइकेल हरीकेन टक्कर भएको ठाउँ, “मेक्सिको बिच” पूर्ण रूपले क्षतिग्रस्त भएको छ। २५० किलोमीटर प्रति घण्टा रफ्तारको यस तूफानको चपेटमा आएका दर्जनौँ ढाँचाहरू आफ्ना आधारहरूबाटै उखालिएका छन्। करीब ५,००० अमेरिकी सेवाकर्मीहरूलाई उद्धार र राहत कार्यमा खट्टाइएको छ जसमा १०० हेलिकप्टर तता १,८०० उच्च-जल वाहनहरूको प्रयोग गरिँदैछन्।