नेपालमा फुलपाती पारम्परिक एवम् धार्मिक उल्लासकासाथ मनाइयो

मंगलबार नेपालका विभिन्न ठाउँहरूमा फुलपाती पारम्परिक एवम् धार्मिक उल्लासकासाथ मनाइयो। फुलपाती दसैँ पर्वको सातौँ दिन मनाइन्छ। नेपालमा नवरात्रिको सातौँ दिन घरमा सात थरिका फुलपाती ल्याइने परम्परा एवम् चलन छ। फुलपातीले नौ देवीहरू दर्शाउँछन् तथा यी फुलपातीले घरमा सुस्वास्थ्य, धन एवम् समृद्धि ल्याउँछन् भन्ने नेपालमा धार्मिक आस्था रहेको छ। सो परम्परा राजा पृथ्वी नारायण शाहको पालादेखि सुरु भएको थियो। मुख्य कार्यक्रम काठमाडौँमा बसन्तपुर दरबार चोकमा आयोजन गरिएको थियो, जहाँ फुलपाती, वैदिक रीतिरिवाजकासाथ एउटा पारम्परिक शोभायात्रामा  जमलबाट दशैँघर ल्याइयो। यस उपलक्ष्यमा काठमाडौँ स्थित सैन्य स्थलमा  एउटा विशेष परेड आयोजित गरिएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधान मन्त्री के.पी. शर्मा ओली, कुटनीतिक मिसनका टाउके र प्रतिनिधिहरू, वरिष्ठ सैन्य एवम् सरकारी अधिकारीहरू उक्त कार्यक्रममा उपस्थित थिए। दसैँ नेपालको सबभन्दा ठूलो चाड हो। यो चाड गत बुधबारदेखि नावरात्रिको पहिलो दिनबाट धार्मिक उल्लासकासाथ सुरु भएको थियो।  सबै सरकारी तथा निजी कार्यालयहरू शनिबारसम्मका लागि बन्द गरिएको छ। आफ्ना परिवार, आफन्तजन तथा इष्टमित्रहरूसँग दसैँ मनाउन २१ लाखभन्दा बढी मानिसहरू काठमाडौँ उपत्यका छाडेर आ-आफ्ना मूल बासस्थान गएका छन्।