भारतमा धनतेरस पर्व र नेपालमा काग तिहार मनाइँदै

दीपावली पर्वको सुरुआतको प्रथम दिन धन तेरस आज मनाइँदै छ। यसरी नै नेपालमा तिहारको सुरुआत आज काग तिहारका साथ मनाइँदै छ।

भारतमा धनतेरसको दिनलाई एक शुभ दिन मानिन्छ र यस दिन मानिसहरूले नयाँ वस्तुहरू खासगरि सुन-चाँदीका वस्तुहरू र नयाँ भाँडाहरू किन्ने गर्दछन्।

प्रधान मन्त्री नरेन्द्र मोदीले यस अवसरमा मानिसहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। एक ट्विटमा उहाँले यो विशेष दिनले समाजमा शान्ति र समृद्धिको भावना बढाउने आशा व्यक्त गर्नुभएको छ।