केरलः भगवान अय्यप्पा मन्दिर पूजाका लागि खोलिँदा सबरीमलामा कडा सुरक्षा व्यवस्था

आज सबरीमलामा विशेष पूजाका लागि भगवान अय्यप्पा मन्दिर खोलिँदा यो मन्दिर नगरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। २० सदस्यको कमान्डो दल र १०० महिला सुरक्षा कर्मीहरूलगायत २,३०० प्रहरी कर्मीहरूलाई तैनाथ गरिएको छ जसबाट पूजा निर्विघ्न हुन सकोस् र भक्तहरूको सुरक्षा गर्न सकियोस्। सबरीमला र वरिपरिका क्षेत्रमा चार वा अधिक मानिसहरूको भेलामाथि प्रतिबन्ध लगाइसकिएको छ। यो निषेधाज्ञा भोलीसम्म जारी रहनेछ।

सर्वोच्च अदालतले  पहाडमा स्थित यो मन्दिरमा सबै आयु वर्गका महिलाहरूकोे प्रवेशको आज्ञा दिँदै फैसला सुनाएपछि दर्शनका लागि यो मन्दिर दोस्रोपटक खोलिँदैछ। सर्वोच्चको निर्णयविरुद्ध गत महिना हिंसक विरोधहरू भएका थिए।