जम्मू-श्रीनगर राष्ट्रिय राजमार्गमा १८ घण्टापछि एकोहोरो यातायात सुरु गरिएको छ; भारी हिमपातपछि राज्यपालद्वारा स्थितिको समीक्षा

रामबन  जिल्लामा भयङ्कर पैह्रो र जवाहर सुरुङनजिक काजीगन्द, शैतानी नाला र बनिहालमा भारी हिउँ परेपछि जम्मु-श्रीनगर राष्ट्रिय राजमार्ग १८ घण्टा बन्द भएपछि अब एकोहोरो यातायात बहाल गरिएको छ।

राष्ट्रिय राजमार्ग एस.एस.पी. शक्ति पाठकले अविरल प्रयासहरूपछि राजमार्गलाई एकोहोरो यातायात निम्ति खोलिएको बताउनुभएको छ। जम्मू जाने रोकिएका सबै वाहनहरू र दरबार सराइ कर्मचारीहरूलाई आइतवार परिचालनको अनुमति दिइएको थियो।

सडक बन्द हुनाले सयौँ वाहनहरू राजमार्गका विभिन्न स्थलहरूमा रोकिएका छन्। भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण र सीमा सडक संगठनले रामबन र बनिहालबिच सडकबाट ढुङ्गा-माटो हटाउन युद्ध स्तरमा काम गरिरहेका छन्।

जम्मू एवम् कश्मीरका राज्यपाल सत्यपाल मलिकले कश्मीर उपत्यका र जम्मु खण्डमा भारी हिमपातबाट उत्पन्न स्थितिको समीक्षा गर्नुभएको छ। राज्यपालले स्थितिको स्वयम् निगरानी गरिरहनुभएको छ र सम्बन्धित अधिकारीहरूलाई प्रभावित क्षेत्रहरूमा बिजुली आपूर्ति र सडक सम्पर्कता तुरुन्तै बहाल गर्ने निर्देशन दिनुभएको छ।

बिजुली आपूर्ति बहाल गर्ने सम्बन्धमा  राज्यपाललाई जानकारी दिइएअनुसार भारी हिमपात र परिणास्वरूप रूखहरू उखेलिनाले बिजुली प्रसारण लाइनहरू र ट्रान्सफर्मरहरूलाई ठूलो क्षति पुगेको छ र पुनर्बहालीको काम पूर्ण वेगले चलिरहेको छ।

हाल चलिरहेका बोर्ड परीक्षाहरूलाई ध्यानमा राखेर राज्यपालले शिक्षा विभागलाई परीक्षा केन्द्रहरूमा न्यानो वातावरण बनाउने पर्याप्त व्यवस्था गर्न भन्नुभएको छ।

उपराज्यपालले प्रशासनलाई जनताका कठिनाइहरू कम गर्न थप प्रयासहरू गर्न र खराब मौसमलाई मध्यनजर राख्दै उनीहरूका आवश्यकताहरूको पूर्ति गर्न निर्देशन दिनुभएको छ।

उहाँले डूबानमा रहेका क्षेत्रहरूबाट तीव्रताका साथ पानी निकाल्नका लागि पर्याप्त पम्पहरू जडान गर्ने निर्देश पनि दिनुभएको छ।