पर्यटनको अभिवृद्धि निम्ति भारत र दक्षिण कोरियाद्वारा सहमति पत्रमा हस्ताक्षर

पर्यटन मन्त्रालयले सोमबार नयाँ दिल्लीमा पर्यटनको क्षेत्रमा सहयोगलाई सुदृढ तुल्याउन दक्षिण कोरियाको पर्यटन मन्त्रालयसित एउटा सहमति पत्रमा हस्ताक्षर गरेको छ।

एउटा आधिकारीक विज्ञप्तिमा के बताइएको छ भने, द्विपक्षीय सहयोगमा विस्तार गर्नु तथा पर्यटन सम्बन्धी सूचना एवम् तथ्याङ्कको आदान-प्रदान गर्नुनै सहमति पत्रको मुख्य उद्देश्य हो। दक्षिण कोरिया भारतका लागि पर्यटकहरूको सृजना हुने पूर्व एसियाको प्रमुख बजार हो।