भारत अन्तर्राष्ट्रिय दूर सञ्चार संघको सदस्य निर्वाचित

भारत अन्तर्राष्ट्रिय दूर सञ्चार संघ (आई टी यू)-को हाल दुबईमा चलिराखेको पूर्ण शक्ति सम्पन्न सम्मेलन (पी पी-२०१८)-मा संघका ४८ सदस्यहरू मध्ये एक निर्वाचित भएको छ।

पूर्ण शक्ति सम्पन्न सम्मेलन सूचना एवम् सञ्चार प्रविधिहरू निम्ति राष्ट्र संघको विशिष्ट एजेन्सी आई टी यू-को सर्वोच्च निर्णयकारी समिति हो।

भारत ‘ई’ क्षेत्रबाट चीन र जापानपछि सर्वाधिक १६५ मतहरू प्राप्त गरी आई टी यू-को सदस्य निर्वाचित भएको हो। संघमा जम्मा १९३ सदस्य मुलुकहरू रहेका छन् र मतदानको बेला त्यस मध्ये १७९ सदस्यहरू उपस्थित थिए।