अयोध्यामा विशाल दिवाली समारोह एक विश्व रेकर्ड

उत्तर प्रदेशको अयोध्यामा ३ लाखभन्दा धेरै माटाका दियाहरू बालेर मनाइएको दिवाली समारोह एक विश्व रेकर्ड बनेको छ। यी दियाहरू पवित्र सरयू नदीका तटमा बालिएका थिए।

ऐतिहासिक नगर फैजाबादलाई अब अयोध्याको नामले जानिनेछ। यसअघि, यो ऐतिहासिक शहर अयोध्या फैजाबादको एक जिल्ला थियो।

अयोध्यामा हिजो साँझ आयोजित दीपोत्सव समारोहमा विशाल जनभेलालाई सम्बोधित गर्दै उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले यो घोषणा गर्नुभएको हो। उहाँले शहरको निर्माणाधीन विमानस्थल र मेडिकल कलेजको नाम पनि श्री राम र राजा दशरथको नाममा राखइने छ भन्ने घोषणा गर्नुभयो।