छत्तीसगढमा ६२ माओवादीहरूद्वारा आत्म-समर्पण

मङ्गलवार छत्तीसगढको बस्तर क्षेत्रमा ६२ जना जति माओवादीहरूले प्रहरीसमक्ष ५१ राइफलहरूका साथ आत्म-समर्पण गरेका छ्न्।

यी माओवादीहरूले बस्तर रेन्जका प्रहरी महा-निरीक्षक विवेकानन्द सिन्हा र अन्य वरिष्ठ प्रहरी अधिकारीहरू समक्ष नारायणपुर जिल्लामा आत्म-समर्पण गरे।

प्रहरी अधिकारीहरूअनुसार यी विद्रोहीहरूले नक्सल विचारधारा त्यागेर राजनीतिक मूल धारामा फर्कने उनीहरूको इच्छा देखाएका थिए। आत्म-समर्पण गरेका माओवादीहरूलाई राज्य सरकारको पुनर्वास नीतिबमोजिम आवश्यक सहायता दिइने छ भनी प्रहरी अधिकारीहरूले बताएका छन्।

गृह मन्त्री राजनाथ सिंहले सरकारद्वारा चलाइएको आत्म-समर्पण नीतिले वामपन्थी उग्रवादीहरूलाई हिंसाको मार्ग त्याग्न बाध्य गरेको छ।

यो उपलब्धीका लागि श्री राजनाथ सिंहले छत्तीसगढका मुख्य मन्त्री डॉ. रमन सिंह, प्रहरी महानिदेशक र प्रहरी बललाई बधाई दिनुभएको छ।

यसैबिच, माओवादीहरूले मङ्गलवार साँझ बस्तर खण्डको बिजापुर जिल्लामा एउटा यात्रु बस जलाइदिए। यस घटनामा कोहीपनि हताहत नभएको खबर अल इन्डिया रेडियोका संवाददाताले दिएका छन्।

एक अर्को घटनामा बिजापुर जिल्लामा माओवादीहरूले एकजना ग्रामीणको हत्या गरेका छन्।

माओवादीहरूले सोमवार गङ्गालूर इलाकाको पेड्डापाडा गाउँबाट दुईजनालाई अपहरण गरेका थिए। तिनीहरूले हिजो एकजना ग्रामीणलाई मारिदिए भने अर्कोलाई रिहा गरेका छन्।