गृह मन्त्रीले दिल्ली पुलिसलाई मानिसहरूसित मैत्रीपूर्ण व्यवहार गर्ने भन्नुभएको छ

गृह मन्त्री राजनाथ सिंहले दिल्ली पुलिसलाई आफ्नो रवैयामा परिवर्तन गर्न र जनतासित मैत्रीपूर्ण ढङ्गले व्यवहार गर्न भन्नुभएको छ।

पुलिस अधिकारीहरूले यस दिशामा ध्यान दिनु पर्ने उहाँले भन्नुभएको छ।

श्री सिंहले यो कुरा सडकहरूमा अपराध रोक्न र शहरलाई महिलाहरूका लागि सुरक्षित बनाउनका लागि दिल्ली पुलिसको रफ्तार कार्यक्रमअन्तर्गत ३०० सम्बर्धित मोटरसाइकलहरूको डफ्फालाई झण्डा देखाएर उद्घाटन गरिएको अवसरमा उपस्थित भेलालाई सम्बोधन गर्दै भन्नुभएको हो।

गृह मन्त्रीले दिल्ली पुलिसलाई अन्य राज्य पुलिस बलहरूको लागि एक आदर्श प्रस्तुत गर्न पनि भन्नुभयो।

उहाँले आपराधिक गतिविधिमा संलिप्तहरूविरुद्ध कडा कारबाही गर्न पनि भन्नुभएको छ।

रवाना गरिएका उक्त मोटरसाइकलहरूमा आधुनिक सञ्चार प्रौद्योगिकी, जि.पि.एस. र चेताउनी प्रणाली जडित छन्।

दिल्लीका उपराज्यपाल अनिल बैजल र दिल्ली पुलिस आयुक्त अमूल्य पटनायक पनि सो अवसरमा उपस्थित हुनुहुन्थ्यो।