भारतले चीनमा कृषि उत्पादन, औषधी, सूचना प्रौद्योगिकी सेवा र पर्यटन जस्ता क्षेत्रमा बढी बजार पहुँचको माग गरेको छ

भारतले चीनमा कृषि उत्पादनहरू, औषधी, सूचना प्रौद्योगिकी सेवा र पर्यटन जस्ता क्षेत्रहरूमा बढी बजार पहुँचको माग गरेको छ। भारतको वाणिज्य मन्त्रालयअनुसार यो पाइला छिमेकी मुलुकहरूसित बढ्दै गइरहेको व्यापार घाटाको फाटो पूरा गर्न सारिएको हो। यी मामिलाहरूमाथि शाङ्घाईमा भारतका वाणिज्य सचिव अनुप वधावन र चीनका वाणिज्य मन्त्रीका उप मन्त्री वाङ्ग शौवेनबिच एक बैठकको दौरान छलफल गरिएको।

वाणिज्य सचिवले भन्नुभएअनुसार कृषि उत्पादनहरू, औषधी, सूचना प्रौद्योगिकी सेवाहरू र पर्यटनमा भारतसित प्रमाणित मजबुती छ र चीनसितको द्विपक्षीय व्यापारमा महत्त्वपूर्ण वैश्विक उपस्थितिलाई प्रोत्साहित गर्नु जरूरी छ।