रक्षा मन्त्रीद्वारा जवानहरूलाई सोसल मीडियामा देखापरेका सबै कुराहरू विश्वास नगर्ने आग्रह

रक्षा मन्त्री निर्मला सीतारमनले बुधबार जवानहरूलाई सोसल मीडियामा देखापरेका सबै कुराहरूमा विश्वास नगर्ने आग्रह गर्नुभयो। अरुणाचल प्रदेशमा हायुलियाङस्थित वास्तविक नियन्त्रण रेखामा सेनाका जवानहरूसँग अन्तर्क्रिया गर्दै उहाँले उनीहरूलाई फेसबुक र ट्विटरमा सैन्य बलहरूबारे देखापर्ने नकरात्मक खबरहरूबाट टाढा बस्ने सुझाउ दिनुभयो।

श्रीमती सीतारमनले सिमाना चौकीहरूमा पहरा गर्ने सबै जवानहरूलाई एके-४७ जस्ता हतियार प्रदान गर्न सरकार प्रतिबद्ध रहेको कुरालाई पनि दोहोऱ्याउनु भयो। हाम्रो संवाददाताको रिपोर्टअनुसार, दिवालीको पावन उपलक्ष्यमा उहाँले सबै जवानहरूमा मिठाई र चकलेटहरू वितरण गर्नुभयो।