मध्य प्रदेश: विधानसभा चुनावका लागि नामाङ्कन दर्ता गर्ने प्रक्रिया भोली समाप्त हुनेछ

मध्य प्रदेशमा विधानसभा चुनावका लागि नामाङ्कन दर्ता गर्ने प्रक्रिया भोली समाप्त हुनेछ।नोभेम्बर २८ तारिख हुने यस  चुनावका  लागि अहिलेसम्म जम्मा ५९३ नामाङ्कन दर्ता भएको छ। २३० सदस्यीय विधानसभाका लागि हालसम्म बीजेपी-ले १९२ तथा काँग्रेसले २११ जना उम्मेदवारहरूको घोषणा गरेको छ।

हाल दुवै पार्टीले केही उच्च पदका सीटहरूका लागि विचारविमर्श गरिराखेका छन् र यसै क्रममा आज उनीहरूले अझ कतिपय नामहरूको घोषणा गर्ने सम्भावना छ। काँग्रेसले बुधबार राति २९ उम्मेदवारहरू रहेको चौथो सूची जारी गऱ्यो। यो सूचीमा २७ वटा नयाँ नामहरू सामेल छन्। सूचीमा सबभन्दा प्रसिद्ध नाम मध्य प्रदेशका मुख्य मन्त्री शिवराज सिंहका ज्वाई सञ्जय सिंहको रहेको छ, जो भर्खरै काँग्रेसमा सामेल भएका थिए। उहाँलाई वरासियोनीबाट टिकट दिइएको छ।

यसैबीच चुनाव आयोगले निष्पक्ष एवम् स्वतन्त्र चुनाव सुनिश्चित गर्न ओडिशा सरकारलाई चुनाव हुन गइराखेको छत्तिसगढ राज्यसँग टाँसिएको सिमाना बन्द गर्न आग्रह गरेको छ। छत्तिसगढमा विधानसभा चुनाव नोभेम्बर १२ र २० तारिख दुइ चरणमा सम्पन्न हुनेछ।

नोभेम्बर ५ तारिख मुख्य चुनाव आयुक्त ओ.पी. रावत र दुइ चुनाव आयुक्तहरूले भीडियो कन्फ्रेन्समार्फत ओडिशाका वरिष्ठ सरकारी अधिकारीहरूलाई सम्बोधन गर्नुभयो जसमा आठ जिल्लाका जिल्ला मजिस्ट्रेटहरू पनि उपस्थित थिए।