क्यामारूनः यो साता बन्दुकधारीहरूद्वारा अशान्त अङ्ग्रेजी-भाषी क्षेत्रबाट अपहृत ७९ स्कूले विद्यार्थीहरू मुक्त

क्यामारूनमा यो साता बन्दुकधारीहरूद्वारा अङ्ग्रेजी भाषी क्षेत्रबाट अपहृत ७९ स्कूले विद्यार्थीहरूलाई मुक्त गराइएको छ।

सञ्चार मन्त्री इस्सा बाकरी टिचिरोमाले सबै अपहृत विद्यार्थीहरूलाई मुक्त गराइएको बताउनुभएको छ, तर उनीहरूलाई के-कस्तो परिस्थितिमा मुक्त गराइयो भन्ने विस्तृत विवरण दिनुभएको छैन। सोमवार भएको यो अपहरण काण्ड क्यामारूनमा यसप्रकारको पहिलो सामुहिक अपहरण थियो।

क्यामारूनका ८५ वर्षीय राष्ट्रपति पौल बियालाई सातौँ कार्यकालका लागि शपथ ग्रहण गराइएपचि ती विद्यार्थीहरूलाई रिहा गरिएको छ।