चाइना ओपन: श्रीकान्त, सत्विक-चिराग प्री-क्वार्टरफाइनलमा पुगे

बुधबार फुझौ-मा भारतका किदाम्बी श्रीकान्त, तथा चिराग शेट्टी र सत्विकसाइराज रङ्किरेड्डीको जोडीले चाइना ओपनको प्री-क्वार्टरफाइनलमा प्रवेश गरे।

पुरुष एकल प्रतिस्पर्धामा पाँचौँ वरीयताप्राप्त श्रीकान्तले फ्रान्सका लुकास कोर्वीलाई सोझा सेटहरूमा २१-१२,२१-१६-ले परास्त गरे। अर्कोतिर एचएस प्रणय भने प्रतियोगिताबाट बाहिरिए।
महिला एकल प्रतिस्पर्धामा वैष्णवी रेड्डी जक्का थाइल्यान्डकी पोर्नपवी चोचुवोङ विरुद्ध १२-२१,१६-२१-ले परास्त भइन् र पहिलो चरणमै प्रतियोगिताबाट बाहिरिइन्। पी.भी. सिन्धु प्री-क्वार्टरफाइनलमा पुगि सकेकी छिन् भने साइना नेहवालले  प्रतियोगितामा भाग लिएनन्।
पुरुष युगल प्रतिस्पर्धामा चिराग र सत्विकसाइराजको जोडीले डेनमार्कका म्याड्स पिलर कोलडिङ र म्याट्स कोनराड-पिटरसनको जोडीलाई २३-२१,२४-२२-ले परास्त गरी प्री-क्वार्टरफाइनलमा स्थान सुनिश्चित गरेको छ।