रसियाले विश्व कपको दौरान गरिएका ड्रोन हमलाहरूको प्रयासलाई विफल तुल्याएको बताएको छ

रसियाले यो वर्षको विश्व कपको दौरान गरिएका ड्रोन हमलाहरूको प्रयासलाई विफल तुल्याएको बताएको छ।

रसियाको संघीय सुरक्षा सेवाका प्रमुख एलेक्जेन्डर बोर्तिनिकोभ-ले भन्नुभएअनुसार उहाँका अधिकारीहरूले “विभिन्न प्रमुख राजनीतिक एवम् खेलकुद, त्यसमध्ये धेरैजसो फुटबल विश्व कपको दौरान आतङ्कीहरूद्वारा ड्रोनहरूको प्रयोगद्वारा हमलाका प्रयासहरूको पत्तो लगाेर विफल तुल्याउन उपायहरू गरेका थिए।”

बोर्तिनिकोभ-ले तास राज्य समाचार एजेन्सीमा दिइएको खबरमा थप विवरण दिनुभएको छैन।

रसियाले विश्व कपको सुरक्षामा हजारौँ प्रहरीहरू र अत्याधुनिक निगरानी प्रौद्योगिकीको प्रयोग गरेको थियो।

अप्रिल महिनामा रसियाले के भनेको थियो भने “उग्रपन्थीरू” र राष्ट्रवादी फुटबल उपद्रवीहरूले समारा शहरमा विश्व कप म्याचहरूमाथि हमलाको योजना बनाएका थिए तर तिनलाई विफल तुल्याइएको थियो।