भारतका बाजवाले एसियाली शटगन च्याम्पियनशिपमा स्वर्ण पदक जिते

कुवैतमा भइराखेको आठौँ एसियाली शटगन च्याम्पियनशिपमा भारतका अंगद वीर सिंह बाजवाले पुरुषहरूको स्कीट प्रतिस्पर्धाको फाइनलमा एक विश्व रेकर्ड स्कोरकासाथ स्वर्ण पदक जितेका छन्। यसकासाथै उनी कन्टिनेन्टल तथा विश्व स्तरको प्रतियोगिता जित्ने पहिलो भारतीय स्कीट शूटर बनेका छन्।

फाइनलमा अंगदले  ६० शटमा ६० शटनै लक्ष्यमा सठीक निसाना लगाए। ६० मध्ये ५८ शट लक्ष्यमा सठीक निसाना लगाएर चीनका डी जिन-ले रजत पदक जिते भने ४६ अङ्क हासिल गरेर युएई-का सईद अल मकतोमले कांस्य पदक जिते।