भारत र दक्षिण कोरियाद्वारा सभ्यताजन्य सम्बन्धहरूको सुदृढीकरण

आलेख: पूर्व एवम् दक्षिण पूर्व एसियासम्बन्धी सामरिक विश्लेषक, डॉ. तितली बसु

दक्षिण कोरियाकी प्रथम महिला किम जुङ्ग सूक प्रधान मन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा आउनुभयो। भारत र दक्षिण कोरिया बीचका ऐतिहासिक, सभ्यताजन्य तथा सांस्कृतिक सम्बन्धहरूमाथि उत्सव मनाउँदै श्रीमती किम जुङ्ग सूक-ले उहाँको उपस्थितिमार्फत उत्तर प्रदेशको अयोध्यामा दीपोत्सव र रानी सुरिरत्ना (हिओ ह्वाङ्ग ओक) स्मारकको शिलान्यास समारोहको शोभा बढाउनुभएको थियो। खृष्टाब्द ४८-मा अयोध्याकी राजकुमारी सुरिरत्नाको विवाह कोरियाका राजा किम सुरो-सित भएको थियो। दक्षिण कोरियाकी प्रथम महिलाले प्रधान मन्त्री मोदीका साथै परराष्ट्र मामिला मन्त्री सुषमा स्वराजसित बैठक गरी साझा ऐतिहासिक र सांस्कृतिक विरासत तथा पारस्परिक सुझ-बुझ बढाउने उद्देश्यका साथ जनस्तरीय सम्पर्कहरूलाई प्रोत्साहन प्रदान गर्ने सम्बन्धमा विचार-विमर्श गर्नुभयो।

भारत र दक्षिण कोरिया बीच सभ्यताजन्य, ऐतिहासिक र आध्यात्मिक सम्पर्कहरूको अभिवृद्धि दुवै मुलुकहरूबीचको रणनीतिक साझेदारीको एक महत्त्वपूर्ण अङ्ग हो। कोरियाली युद्धपछि गरिएका शान्ति प्रयासहरूमा भारतले एउटा महत्त्वपूर्ण भूमिका खेलेको थियो। कोरियामा निर्वाचन गराउन सन् १९४७-मा गठित ९ सदस्यीय राष्ट्र संघीय आयोगको अध्यक्षता प्रख्यात भारतीय कुटनैयीक के.पी.एस. मेनन-ले गर्नुभएको थियो। यसका अतिरिक्त कोरियाली युद्ध दौरान पनि दुवै प्रतिपक्षीहरूले भारतद्वारा ल्याइएको प्रस्तावलाई स्वीकार गर्दै २७ जुलाई, सन् १९५३-मा युद्ध विरामको घोषणा गरेका थिए। भारतीय थल सेनाका भूतपूर्व जेनरल के.एस. थिमय्याले युद्ध विराम पश्चात् तटस्थ राष्ट्रहरूको प्रत्यावर्तन आयोगको अध्यक्षता गर्दै युद्धपछिका मानवीय समस्याहरूको व्यवस्थापनमा एउटा सकारात्मक भूमिका खेल्नुभएको थियो।

आज दक्षिण कोरियाको नयाँ दक्षिणी नीति र भारतको पूर्वामूखी कार्यनीतिमा देखिएको सामानजस्य लोकतन्त्र, खुल्ला व्यापार तथा कानून आधरित शासनसम्बन्धी साझा वैश्विक मूल्यहरूमाथि नै  आधारित रहेको छ। त्यसभन्दा पूर्व जुलाई सन्, २०१८-मा दक्षिण कोरियाका राष्ट्रपति मून-जे-ईन भारतको राजकीय यात्रामा आउनुभएको बेला दुवै मुलुकहरूले जनता, सम्वृद्धी र शान्ति निम्ति एक भविष्योन्मूख साझेदारीलाई बढुवा दिने विषयमाथि बल दिएका थिए। प्रधान मन्त्री मोदीको पूर्वाभिमूखि कार्य नीतिमा दक्षिण कोरिया एउटा प्रमुख विकास साझेदार रहेको छ।

भारतको प्रक्षेपित वृद्धि संभ्याव्यता र कुशल कार्यबल तथा दक्षिण कोरियाको प्राविधिक ज्ञान, निर्माण-उत्पादन क्षमता र विकासजन्य समझदारी बीचका आर्थिक परिपूरक र अवसरहरूले दुवै मुलुकहरूलाई पारस्परिक विकास हासिल गर्ने उद्देश्यका साथ साझेदार बनाइराखेका छन्।

भारतमा पूर्वाधार बजारको संभावना देखेर दुवै पक्षहरू, कोरियाको आर्थिक विकास सहयोग कोष (ईडीसीएफ) र निर्यात ऋणमार्फत लागु गर्न सकिने संभाव्य परियोजनाहरूको खोज गरिरहेका छन्। ‘मेक इन इण्डिया’, ‘कुशल भारत’, ‘डिजिटल भारत’, ‘स्टार्ट अप इण्डिया’ र ‘स्मार्ट नगर’-हरू सरहका भारतका प्रमुख अग्रसरताहरूमा दक्षिण कोरिया भारतको एउटा महत्त्वपूर्ण साझेदार हो।

भारत र दक्षिण कोरियाले, सैनिक आदान-प्रदानहरू, प्रशिक्षण, रक्षा उद्योगहरूमा सहयोग लगायत प्रतिरक्षा र सुरक्षा क्षेत्रको सहयोगलाई मजबुत पारेर यस विशेष रणनीतिक साझेदारीलाई अझ गहिरो पारेका छन्। दक्षिण कोरियाको क्षमता मूल्य प्रभावकारीत, सुदृढ निर्माण उत्पादन इकाइहरू र उच्च प्रविधिमा निहित हुदा दक्षिण कोरियाको रक्षा उत्पादनमा रहेको संभाव्यताको दोहन भारतको लागि महत्त्वपूर्ण छ। यसै सन्दर्भमा भारत र दक्षिण कोरियाले २०१७-मा जहाज निर्माणको क्षेत्रमा रक्षा उद्योग आधारित सहयोग निम्ति एउटा अन्तर-सरकार समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। यस विशेष रणनीतिक साझदारीको प्रदर्शन निम्ति दुई मुलुकहरूले रक्षा क्षेत्रका जहाज निर्माण स्थलहरू बीच असल सहयोगलाई प्रोत्साहन प्रदान गरेका छन्।

आतङ्कवाद, हिंसापूर्ण उग्रवाद र कट्टरपना तथा मुख्य रूपले आतङ्कारीहरू र गैर-राष्ट्र खेलाडीहरूमा सामुहिक विनाशका हतियारहरूको प्रसार एवम् हस्तान्तर हुन नदिनु लगायत अनेकौं क्षेत्रीय सुरक्षा चिन्ताहरूमा पनि दुई मुलुकहरू एकमत रहेका छन्। दक्षिण कोरियाली प्रायद्वीपमा पूर्ण विपरमाणविकीकरण, शान्ति एवम् मेल-मिलाप हासिल गर्ने दिशामा राष्ट्रपति मून जे-इन-को नेतृत्वमा भइरहेका रचनात्मक घटनाहरूको भारत एक उत्साही समर्थक हो।

संवाद र कुटनीतिमार्फत कोरियाली प्रायद्वीपमा क्षेत्रीय शान्ति एवम् स्थिरता कायम गर्न प्रति भारतले आफ्नो समर्थन व्यक्त गरेको छ। यसका अतिरिक्त भारतले, कोरियाली प्रायद्वीप सम्बन्धी समयस्याहरूको समाधान गरिँदा उत्तर कोरियाको परमाणु र क्षेप्यास्त्र कार्यक्रमका प्रसार सम्पर्कहरूको पनि सम्बोधन गरिनु पर्ने कुरामाथि बल दिएको छ।

प्रधान मन्त्री मोदीलाई भारतको आर्थिक प्रगति द्रुत पार्ने र धनी तथा गरिब बीचको सामाजिक एवम् आर्थिक असमानता कम पार्ने प्रयासहरू ‘मोदीनमिक्स’-को लागि सोल शान्ति पुरस्कारबाट सम्मानित समेत गरिएको छ। सन् १९७३-मा भारत र दक्षिण कोरिया बीचका सम्बन्धहरूलाई वाणज्यि दूतावास स्तरबाट उकासेर राजदूत स्तरमा पुऱ्याई यता दुई मुलुकहरू बीचका सम्बन्धहरूमा प्रचुर विकास भएको छ। भारत-कोरिया राणनीतिक साझेदारीले गहिरो आर्थिक साझेदारी र सशक्त सुरक्षा सहयोग मार्फत भारत-प्रशान्त क्षेत्रमा सुरक्षा र स्थिरतालाई समेत योगदान पुऱ्याइराखेको छ।