अफगानिस्तानः छुट्टाछुट्टै घटनाहरूमा कम्तिमा १३ प्रहरीहरू र १६ तालिबानहरू मारिए

 

अफगानिस्तानको मध्य एवम् पूर्वी क्षेत्रमा पछिल्लो तालिबान हमलाहरूमा कम्तिमा १३ प्रहरीहरू मारिएका छन्।

पूर्वी गजनी प्रान्तको परिषद सदस्य गुलाम हुसैन चङ्गीजले बताएअनुसार विद्रोहीहरूले खुगयानी जिल्लाको एउटा प्रहरी जाँच चौकीमाथि हमला गरे जसमा ८ प्रहरीहरू मारिए जसमा एकजना जिल्ला कमान्डर सामेल थिए।

प्रहरी प्रवक्ताअनुसार तालिबानले मध्य वारदक प्रान्तको एक प्रहरी जाँच चौकीमाथि पनि हमला गरे जसमा पाँच प्रहरीहरू मारिए। यो हमलामा तीनजना प्रहरी घाइते भएका छन्।

त्यसअघि, अफगान सैनिकहरूले बागलान प्रान्तमा डण्ड-ए-घोरी इलाकामा कैयौँ गाउँहरूबाट तालिबानहरूलाई धपाउँदा १६ तालिबनहरू मारिएका छन् भने अन्य १९ जना घाइते भएका छन्।

प्रहरीले बताएअनुसार सुरक्षा सैनिकहरूले विगत चार दिनहरुमा तालिबान विद्रोहीहरूको प्रमुख अड्डासमेत कैयौँ गाउँहरूमाथि पुनर्कब्जा गरेका छन्।