भारतले अफगानिस्तानमा शान्ति र मेलमिलापका सबै प्रयासहरूलाई समर्थन दिँदछ

 

भारतले अफगानिस्तानमा एकता र बहुलवादलाई अक्षुण्ण राख्न तथा त्यस मुलुकको सुरक्षा, स्थायित्व र समृद्धि कायम गर्नका लागि गरिने सबै प्रयासहरूलाई समर्थन दिँदछ भनेको छ।

नयाँ दिल्लीमा आधिकारिक प्रवक्ताअनुसार रसियाली सङ्घले आज मस्कोमा अफगानिस्तानमाथि एक बैठक आयोजित गरेकोप्रति भारत अवगत छ।

प्रवक्ताअनुसार यस्ता प्रयासहरू अफगान नेतृत्वमा, अफगान स्वामित्वमा र अफगानकै नियन्त्रणमा हुनु पर्दछ र अफगानिस्तान सरकारको सहभागिताका साथ हुनु पर्दछ भन्ने भारतको लगातार नीति रहिआएको छ।

प्रवक्ताअनुसार आजको बैठकमा भारतको सहभागिता गैर-सरकारी आधारमा हुनेछ।