प्रधान मन्त्री नरेन्द्र मोदीले नोभेम्बर १२ तारिखमा वाराणसीमा कैयौँ  परियोजनाहरूको उद्घाटन गर्ने

 

प्रधान मन्त्री नरेन्द्र मोदीले सोमवार वाराणसीमा कैयौँ परियोजनाहरू राष्ट्रलाई समर्पित गर्नुहुनेछ।

श्री मोदीले गङ्गा नदीमा नव निर्मित मल्टी मोडेल टर्मिनल राष्ट्रलाई समर्पित गर्नुहुनेछ।

यो सरकारको जलमार्ग विकास परियोजनको एक भागको रूपमा निर्माण गरिएको हो जसको उद्देश्य वाराणसी र हल्दियाबिच गङ्गा नदीलाई ठूला जहाजहरूको नौवहन निम्ति विकास गर्नु हो।

प्रधान मन्त्रीले गत महिना ३० तारिख कोलकाताबाट रवाना भएको भारतको पहिलो मालवाहक जहाजको स्वागत पनि गर्नुहुनेछ।

त्यसैदिन प्रधान मन्त्रीले दुई राष्ट्रिय राजमार्ग परियोजनाहरू र तीन ढल निकासी पूर्वाधार परियोजनाहरूको उद्घाटन पनि गर्नुहुनेछ।