इन्डोनिसियाको फौजद्वारा पपुआमा विद्रोही कमान्डरको पिछा गरिँदा ३ जनाको मृत्यु

इन्डोनेसियाको दूरस्थ पपुआ क्षेत्रका अग्ला इलाकामा सुरक्षासित एकसाता सम्मको गोली हानाहानमा दुईजना पपुआली स्वतन्त्रता सङ्ग्रामीहरू र एकजना तेस्रो व्यक्ति मारिएका छन्। यसको पुष्टि दुवै पक्षले गरेका छन्।

इन्डोनेसियाको एक प्रहरी एवम् सैन्य कारबाहीले पश्चिम पपुआ मुक्ति सेनाका कमान्डर पुरोम वेन्डालाई पक्राउ गर्ने प्रयास गर्दै छ जो १५ वर्षदेखि इन्डोनेसियाको हात लागेको छैन तर अधिकारीहरूले सो व्यक्तिलाई पहिलेको एकजना सानो अपराधी र “न्युन बौद्धिक क्षमता भएको” व्यक्ति बताएका छन्।

उक्त भिडन्तको कारणले गाउँवासीहरू भागेर जङ्गल पसेका छन्।

वेन्डाले एकजना कार्यकर्तामार्फत जारी गरेको एक जनाउमा प्रहरी र सेनासितको भिडन्तमा उसका दुईजना लडाकाहरू मारिएको बताएको छ। त्यसअघि उसको समूहले एउटा मोटरबाइक ट्याक्सी ड्राइभरलाई इन्डोनेसियाली सुरक्षा फौजको लागि जासुसी गरेको आरोपमा गोली हानी मारेका थिए।