जुनियर विश्व रेकर्ड कायम गर्दै मनु-सौरभले हात पारे मिक्स्ड इभेन्टमा स्वर्ण

भारतीय जोडी मनु भाखड र सौरभ चौधरीले कुवैतमा जारी ११औँ एसियन एयरगन च्याम्पियनसिपको १० मिटर एयर पेस्तोल मिश्रित टिम इभेन्टमा विश्व रेकर्ड कायम गर्दै स्वर्ण पदक जितेका छन्।

भारतयी जुनियर टिमको स्कोर ४८५.४ रह्यो भने रजत पदक जित्ने चीनको टिमले ४७७.९ अङ्क प्राप्त गरेको थियो।

हिजो अन्त्य भएको प्रतियोगितामा भारतीय टोलीले चार स्वर्णसहित ११ पदक प्राप्त गऱ्यो।