रिजर्भ ब्याङ्कबाट ३.६-लाख करोड मागिएको छैन: सरकार

सरकारले मिडियाका ती अनुमानहरूको खण्डन गरेको छ जसमा सरकारले भारतीय रिजर्भ ब्याङ्कलाई ३.६-लाख करोड रुपियाँ स्थानान्तरण गर्न भनेको बताइएको थियो।

सुक्रवार मिडियासँग कुरा गर्दै आर्थिक मामिला विभागमा सचिव एस. सि. गर्गले मिडियामा धेरै गलत सूचनाहरू प्रसारित भइरहेका भन्दै रिजर्भ ब्याङ्ककको पूँजीगत ढाँचा तय गर्नेबारे मात्र छलफल भएको स्पष्ट पार्नुभयो।

श्री गर्गले, सरकारको वित्तीय हिसाब सही मार्गमा रहेको पनि बताउनुभयो। उहाँले, सन् २०१३-१४मा ५.१ प्रतिशत रहेको वित्तीय घाटालाई सरकारले सन् २०१४-१५ यता निकै घटाएकोसमेत बताउनुभयो।