गृह मन्त्रीद्वारा एकीकृत भन्सार जाँच चौकी र सिमाना व्यवस्थापन परियोजनाहरूको समीक्षा

गृह मन्त्री राजनाथ सिंहले सुक्रवार भारतीय भू-बन्दरगाह प्राधिकरण र सिमाना व्यवस्थापन विभागले सञ्चालन गरिरहेका परियोजनाहरूको प्रगतिको समीक्षा गर्नुभयो। नयाँ दिल्लीमा भएको बैठकका क्रममा श्री सिंहले कार्यको प्रगतिबारे सन्तुष्टि व्यक्त गर्नुभयो र अधिकारीहरूलाई बाँकी काम चाँडो पूरा गर्न निर्देश दिनुभयो।

मन्त्रालयले भारत-म्याँमार तथा भारत-बाङ्ग्लादेश सिमानाहरूमा एकीकृत भन्सार जाँच चौकी निर्माणको काम अग्रिम चरणमा पुगेको बताएको छ। यी परियोजनामा ७-अर्बभन्दा बढी लागत आउने छ।

सिमाना व्यवस्थापन विभागका परियोजनाहरूअन्तर्गत गुजरातमा १८ वटा तटीय सिमाना जाँच चौकीको निर्माण तथा पंजाब र राजस्थानस्थित सिमानाहरूमा फ्लडलाइटङको व्यवस्थामा सुधार गरिने छ।