छत्तीसगढमा पहिलो चरणको निर्वाचनका लागि प्रचार अभियान आज साँज समाप्त हुँदै

छत्तीसगढमा पहिलो चरणको निर्वाचनका लागि प्रचार अभियान आज साँझ समाप्त हुँदै छ। यस चरणमा नक्सल प्रभावित ८ जिल्लाका १८ विधानसभा क्षेत्रमा मतदान गराइने छ।

बाँकी रहेका ७२ विधानसभा क्षेत्रका लागि दोस्रो तथा अन्तिम चरणअन्तर्गत २० नोभेम्बरका दिन मतदान हुने छ। मतगणना ११ डिसेम्बरमा हुने छ।

९०-सदस्यीय विधानसभा निर्वाचनका लागि १,२९१ उम्मेदवारहरू चुनाव मैदानमा छन्।

भाजपा अध्यक्ष अमित शाहले आज रायपुरमा सङ्कल्प पत्र नामक पार्टी घोषणा पत्र जारी गर्नु हुने छ।