हिन्द-प्रशान्त क्षेत्रमा शान्ति तथा समृद्धि कायम गर्नका लागि भारत, जापान र अमेरिका नियममा आधारित व्यवस्था अपनाउन सहमत

भारत, जापान र अमेरिकामाझ सुक्रवार राति भएको पहिलो त्रिपक्षीय बैठकमा हिन्द महासागरको शान्ति तथा समृद्धिका लागि एउटा निष्पक्ष, खुल्ला, समावेशी तथा नियममा आधारित व्यवस्था हुनु पर्छ भन्ने कुरामा यी देशका नेताहरू सहमत भएका छन्।

भारतका विदेश सचिव विजय गोखलेले प्रधान मन्त्री नरेन्द्र मोदी, अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र जापानका प्रधान मन्त्री शिन्जो आबेले जि-२० सम्मेलनको छेक पारी यस विषयमा अत्यन्त सद्भावपूर्ण तथा मैत्री रूपमा विचार विमर्श गर्नुभएको जानकारी दिनुभएको छ।

बैठकपछि गर्नुभएको ट्विटमा श्री मोदीले साझा मूल्यहरूमा भारतले निरन्तर काम गरिरहने बताउनुभयो। उहाँले जापान, अमेरिका र भारत अर्थात इन्डियामा निहित प्रारम्भका तीन अक्षरहरू जे. ए. र आइ. लाई हाम्रो भाषामा जय अर्थात् सफलताको मूल मन्त्र बताउनुभयो।