एसिया प्रशान्त शिखर सम्मेलन २०१८ काठमाडौँ सुरु

नेपालको राजधानी काठमाडौँमा शनिवार एसिया प्रशान्त शिखर सम्मेलन २०१८ सुरु भयो। यस दुइ दिने सम्मेलनको विषय-वस्तु रहेको छ, “हाम्रा समयका महत्त्वपूर्ण चुनौतीहरू; अन्तर्निर्भरता, परस्पर समृद्धि तथा सर्वव्यापी मूल्यहरूलाई सम्बोधन।”    

नेपालका प्रधान मन्त्री के.पि. शर्मा ओलीले आफ्नो सम्बोधनमा भन्नुभयो विश्व जलवायु परिवर्तन, प्राकृतिक एवम् मानव-निर्मित आपदा तथा आतङ्कवादका प्रतिकूल प्रभावको चपेटमा पर्न जारी रहने छ। उहाँले भन्नुभयो विश्वव्यापी शान्ति र सद्भावको लक्ष्य हासिल गर्न सरकारी, निजी क्षेत्र तथा विविध सामाजिक समूहहरू बीच सक्रिय साझेदारीको आवश्यकता छ। श्री ओलीले थप भन्नुभयो कि निष्पक्षता, न्याय र साझाकृत लाभ यस्ता साझेदारीको प्रतिफल हुनु पर्दछ जुन साझेदारी सार्वभौमिक समानता, आपसी सम्मान र लाभका सिद्धान्तहरूमाथि आधारित हुनु पर्छ।  

भारतका पूर्व प्रधान मन्त्री एच.डि. देवे गौडाले आफ्नो सम्बोधनमा भन्नुभयो, आतङ्कवाद र जलवायु परिवर्तन आजको विश्वका सर्वाधिक ठूला चुनौतीहरू हुन्। उहाँले भन्नुभयो, आतङ्कवादले सिमाना, लिङ्ग वा धर्म बीचमा कुनै फरक राख्दैन र खतराको परिमाण झन बढी हुन्छ जब आतङ्कवाद राज्य-प्रायोजित हुन्छ। श्री गौडाले अझ भन्नुभयो, योविरुद्ध वैश्विक प्रयासहरूद्वारा मात्रै निप्टिन सकिन्छ।

म्याँमारकी स्टेट काउन्सिलर डाउ आङ सान सू चि-ले आतङ्कवाद, भोकमरी, आप्रवास एवम् विस्थापन, गरिबी, भेदभाव र अन्यायसँग निप्टिनका लागि सामूहिक प्रयासको आवश्यकतामाथि जोड दिनुभयो।

उहाँले भन्नुभयो, चारैतिर नकारात्मक शक्तिहरूले शान्तिका जगहरू भत्काइराखेका छन्। उहाँले भन्नुभयो, शान्ति र विकास एउटै सिक्का-का दुइ पाटाहरू हुन् जसको आवश्यकता दिगो विकासका निम्ति एकदमै महत्त्वपूर्ण छन्।

भारतसमेत ४५ मुलुकहरूबाट लगभग १५०० सहभागीहरूले यो सम्मेलनमा भाग लिइराखेका छन्। उनीहरूले शान्ति, विकास, सुशासन एवम् सांसदहरूको भूमिका, जलवायु परिवर्तन तथा मिडियाको भूमिकालगायत विभिन्न वैश्विक विषयहरूमाथि छलफल गर्दै छन्।