विश्वभरबाट चिकित्सकीय पर्यटकहरूलाई आकृष्ट गर्न केन्द्र सरकारले व्यापक रणनीतिमाथि काम गरिराखेको छः वाणिज्य मन्त्री प्रभु

केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री सुरेश प्रभुले विश्वका विभिन्न भागहरूबाट उपचार निति आउने पर्यटकहरूलाई भारतमा आकृष्ट गर्न केन्द्र सरकारले एउटा व्यापक रणनीतिमाथि काम गरिराखेको बताउनुभयो। उहाँले मुम्बईमा आईतबार India Heals @Advantage Healthcare India (AHCI 2018)-को उद्घाटन शत्रलाई सम्बोधन गर्नुहुँदै यो कुरा बताउनुभयो।

उहाँले भन्नुभयो, विश्वका विभिन्न भागबाट भारत आउने रोगीहरूलाई सबै किसिमको सहयोग प्रदान गर्न भारत बचनबद्ध छ। यी रोगीहरूलाई प्रदान गरिने उपचारको प्रकृति किफायती र उच्च स्तरीय हुने श्री प्रभुले बताउनुभयो। उहाँले सरोकारवालाहरूलाई विदेशबाट आउने पर्यटकहरूसित कुनै किसिमको छलकपट नगर्न पनि निर्देशन दिनुभयो।

असंख्य पर्यटकहरू चिकित्सकीय उपचार निम्ति भारत आउने गरेको उल्लेख गर्नुहुँदै श्री प्रभुले एउटा शिष्टाचार एकाई खोल्ने विषयमा उहाँले उजबेकिस्तानका सम्बन्धित अधिकारीहरूसित कुराकानी गरिसक्नु भएको बताउनुभयो।

उहाँले अझै के पनि भन्नुभयो भने, एउटा वृद्धि उन्मुख अर्थव्यवस्थामा सेवा क्षेत्र सबैभन्दा द्रुत गतिका साथ वृद्धि भइरहेका क्षेत्रहरूमध्ये एक हो र यसमा रोजगारहरूको सृजना गर्ने ठूलो सम्भावना रहेको छ।

आयुश मन्त्रालयका कार्यक्रमहरूको लक्ष्य स्वास्थ्य सेवा सम्बन्धी समग्र सेवा प्रदान गर्नु हो। भारतका अतिरिक्त अफगानिस्तान, बहराइन, बाङ्गलादेश, चीन, इण्डोनेशिया, इरान, केन्या, मलावी, मालद्वीप, मरिशश, म्यानमार, ओमान, रवाण्डा, तान्जिनिया, युगाण्डा, युक्रेन र उजबेकिस्तानका साथै अन्य मुलुकहरूले पनि यस कार्यक्रममा हिस्सा लिइराखेका छन्।