भारतको प्रथम इन्जन बिनाको रेल टेन-१८-ले परीक्षणको बेला प्रतिघण्टा १८० किलोमिटरभन्दा अधिकको गति समात्यो

भारतको टेन-१८ नामले सुपरिचित प्रथम इन्जन नभएको रेल राजस्थानको कोटा-सवाई माधोपुर खण्डमा परीक्षणको बेला प्रतिघण्टा १८० किलोमिटरभन्दा अधिक गतिमा गुड्न सफल भएको छ।

रेलका पटरीहरू र सिग्नल सरह भारतीय रेलका अन्य प्रणालीहरूले अनुमति दिएमा यो ट्रेन-१८-ले प्रतिघण्टा २०० किलोमिटर सम्मको गतिमा गुड्न सक्छ। १६ डब्बाहरू भएको यस रेलको यात्रु वहन क्षमता शताब्दी एक्सप्रेसहरूकै बराबर हुनेछ।

दुवै पट्टी ड्राईभरहरूको कक्ष रहने यस रेलमा बिजुलीको बचत गर्न एउटा अत्यन्तै उन्नत ब्रेकिङ्ग प्रणाली रहने छ। पूर्ण रूपले वातानुकुलित यस रेलमा यात्रुहरूको आराम र सुरक्षाको लागि असल सुविधाहरू रहने छन्। डब्बामा अधिक स्थान उपलब्ध गराउन अनेकौं उपकरणहरू डब्बाको मुनि जडान गरिएको छ।

यस रेलको निर्माण गर्ने समन्वित कोच कारखानाका जेनरल म्यानेजरले- ट्रेन-१८-ले आगामी महिनादेखि आफ्नो वाणिज्यिक सफर सुरू गर्ने आशा प्रकट गर्नुभयो।