परराष्ट्र मन्त्री स्वराजले भारत-संयुक्त अरब एमिरेट संयुक्त आयोगको १२-औं बैठकको अध्यक्षता गर्न आज सो मुलुकको यात्रा गर्नुहुने

परराष्ट्र मन्त्री सुषमा स्वराज संयुक्त अरब एमिरेटका विदेश मन्त्री शैख अब्दुल्लाह बिन जायेद अल नाहेनसित आर्थिक एवम् प्राविधिक सहयोगमाथिको भारत र संयुक्त अरब एमिरेट बीच रहेको संयुक्त आयोगको १२-औं बैठकको अध्यक्षता गर्न आज आबुधाबी जाँदै हुनुहुन्छ।

श्रीमती स्वराजले महात्मा गान्धीको १५०-औं जन्म जयन्ती समारोह र आधुनिक संयुक्त अरब एमिरेटका संस्थापक शैख जायेदको जन्म शतवार्षिकी मनाउने क्रममा आबुधाबीमा गान्धी-जायेद डिजिटल संग्राहलयको उद्घाटन पनि गर्नुहुनेछ।

भारत र संयुक्त अरब एमिरेट बीच सांस्कृतिक, धार्मिक तथा आर्थिक अन्तरक्रियाहरूमाथि आधारित मजबुत मित्रतापूर्ण सम्बन्धहरू रहिआएका छन्। लगभग ५० अर्ब डलरको द्विपक्षीय व्यापारका साथ दुवै एक-अर्काका सबैभन्दा ठूला व्यापार साझेदार पनि हुन्।