स्टेच्यु अफ युनिटी शीर्ष पर्यटन स्थलहरू मध्ये एक

गुजरातको नर्मदा जिल्लामा सरदार वल्लभ भाई पटेलप्रति समर्पित १८२ मीटर अग्लो स्टेच्यु अफ युनिटी मुलुकको सबैभन्दा ठूला पर्यटन स्थलहरू मध्ये एउटा बनिरहेको छ।

प्रतिदिन तीस हजार भन्दा धेरै मानिसहरूले यसको दर्शन गरिरहेका छन्। गुजरातका मुख्य सचिव जे एन सिंह र राज्यको पर्यटन विभागका प्रधान सचिव एस जे हैदरले यसबारे जानकारी दिनुभएको छ।

विश्वको सबैभन्दा अग्लो यो मूर्ति केवडियामा सरदार सरोवर बाँधको किनारमा अवस्थित छ। यसको अनावरण प्रधान मन्त्री नरेन्द्र मोदीले ३१ अक्टोबरमा गर्नुभएको थियो। अमेरिकाका महा-वाणिज्यदूत एडगार्ड कागन सोमवार मूर्ति हेर्न जानुभयो।