राजस्थान र तेलङ्गानामा विधानसभा चुनाउको प्रचार चरममा, मतदान शुक्रवार हुने

राजस्थान र तेलङ्गनामा विधानसभा चुनाउको लागि प्रचार चरममा छ। सात डिसेम्बरमा हुने मतदानका लागि भारतीय जनता पार्टी र कंग्रेससहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू आ-आफ्ना उम्मेदवारहरूको समर्थनमा प्रचारमा जुटेका छन्। प्रधान मन्त्री नरेन्द्र मोदीले राजस्थानका जयपुर, हनुमानगढ र सीकरमा चुनाउ रैलीहरूलाई सम्बोधित गर्नुहुनेछ।

भारतीय जनता पार्टी, भाजपा-का वरिष्ठ नेताहरू राजनाथ सिंह, नितिन गडकरी, गजेन्द्र सिंह शेखावत र मुख्य मन्त्री वसुन्धरा राजेले राज्यका विभिन्न भागमा पार्टीका लागि चुनाउ प्रचार गर्नुहुनेछ। कंग्रेस अध्यक्ष राहुल गान्धीले मलेखेरा, सुरजगढ, स्लमबर र उदयपुर ग्रामीण विधानसभा निर्वाचन क्षेत्रहरूमा सार्वजनिक भेलालाई सम्बोधित गर्नुहुनेछ। यसैगरी दिग्विजय सिंह, हरिश रावत र सेलजाले पनि पार्टी उम्मेदवारका लागि चुनाउ प्रचारमा भाग लिनुहुनेछ।

प्रधान मन्त्री नरेन्द्र मोदीले तेलङ्गानाको हैदरावादमा सोमवार एक रैलीलाई सम्बोधित गर्नुभयो भने राहुल गान्धीले गडवाल र तन्दुरमा सार्वजनिक भेलाहरूलाई सम्बोधित गर्नुभयो।

दुइ राज्यहरूमा आगामी शुक्रवार मतदान हुनेछ। मध्यप्रदेश, छत्तीसगढ र मिजोरामका साथ दुइ राज्यहरूमा यो महिना ११ तारिख मतगणना हुनेछ।