परराष्ट्र मन्त्री सुषमा स्वराजले भारत-युएई संयुक्त आयोगको १२औँ बैठकको सह-अध्यक्षता गर्नुहुने

परराष्ट्र मन्त्री सुषमा स्वराजले संयुक्त अरब एमिरेट्स, युएई-का विदेश मन्त्री शेख अब्दुल्लाह बिन जायद अल नहयनका साथ आर्थिक एवम् प्राविधक सहयोगका लागि  भारत-संयुक्त अरब एमिरेट्स संयुक्त आयोगको १२औँ बैठकको सह-अध्यक्षता गर्नुहुनेछ।

यस अतिरिक्त श्रीमती स्वराजले महात्मा गान्धीको जन्मजयन्ती र वर्तमान युएई-का संस्थापक शेख जायदको जन्म शताब्दीको अवसरमा अबु धाबीमा गान्धी- जायद डिजिटल संग्रहालयको पनि उद्घाटन गर्नुहुनेछ।

श्रीमती स्वराज सोमवार राति अबु धाबी पुग्नुभयो। उहाँका साथ वरिष्ठ अधिकारीहरूको एक शिष्टमण्डल पनि यूएई भ्रमणमा गएको छ। भारतीय राजदूत नवदीप सूरीले एउटा सन्देशमा भन्नुभएको छ, परराष्ट्र मन्त्रीको यो भ्रमणले व्यापक सामरिक साझेदारीलाई बढुवा दिनेछ।

भारत र युएई-बीच गहिरो मित्रता छ। दुइ मुलुकबीच लगभग ५० अर्ब अमेरिकी डलरको द्विपक्षीय व्यापारका साथ दुइ मुलुकहरू सर्वाधिक ठूलो व्यापार सहयोगीहरू पनि हुन् र द्विपक्षीय लगानी पनि बढेको छ। यूएई भारतको छैटौँ वृहत तेल आयातित मुलुक हो। युएई-मा ३३ लाख भारतीय मूलका मानिसहरू बस्दै आएका छन्।