यो वर्ष मनरेगा माथि ६० हजार करोड रुपियाँ खर्च गरिने: वित्त मन्त्री

मंगलबार वित्त मन्त्री अरूण जेटलीले भन्नुभयो, यो वर्ष महात्मा गाँधी राष्ट्रिय ग्रामीण रोजगार ग्यारन्टी अधिनियम (मनरेगा) माथि लगभग ६० हजार करोड रुपियाँ खर्च गरिने छ।

उहाँले भन्नुभयो कि एनडीए सरकारले ग्रामीण इलाकाहरूमा संसाधनहरू उपलब्ध गराएको छ जसले पूर्वाधारमा  र मानिसहरूको जीवनस्तरमा सुधार ल्याएको छ। एउटा फेसबूक पोस्टमा श्री जेटलीले भन्नुभयो, यदि यो स्तरको लगानीलाई वार्षिक वृद्धिकासाथ कमसेकम आगामी दुइ दशकसम्म जारी राखे, भारत सहरी क्षेत्रको जस्तै जीवनस्तर र पूर्वाधार प्रदान गर्ने लक्ष्यको एकदमै नजिकमा पुगेको हुनेछ। उहाँले भन्नुभयो, २०१४-मा सत्ताशासन सम्हालेदेखिको एनडीए सरकारले भारतका ग्रामीण इलाकाहरूमा जीवनस्तर सुधार्न, लगानी बढाउन अनि भारतीय किसानहरूलाई आत्मनिर्भर बनाउन कैयौँ योजनाहरू बनाएको छ।

वित्त मन्त्री जेटलीले भन्नुभयो, ग्रामीण सडकहरूमा लगानी तीन गुना बढेको छ र चाँडै नै भारत प्रत्येक गाउँलाई पक्का सडकद्वारा जोड्ने लक्ष्य नजिक पुग्नेछ।