उपराष्ट्रपतिद्वारा विजयवाडा-सिङ्गापुर प्रत्यक्ष उडान सेवाको उद्घाटन

उपराष्ट्रपति एम. वेंकैया नायडूले मंगलबार साँझ विजयवाडा अन्तर्राष्ट्रिय विमानस्थलमा विजयावडा र सिङ्गापुर बीच प्रत्यक्ष उडान सेवाको उद्घाटन गर्नुभयो।

श्री नायडुले भन्नुभयो, विजयवाडादेखि सिङ्गापुरसम्म नयाँ अन्तर्राष्ट्रिय उडानले कनेक्टिभिटी अझ धेरै बढाउनेछ साथै  कारोबार र पर्यटन पनि बढ्नेछ।
उड्डयन क्षेत्रले सम्पर्कताको संवर्धनमा र रोजगार सिर्जना गर्नमा एउटा प्रमुख भूमिका त खेल्दछ नै साथै अर्थव्यवस्थाको यो मुख्य वाहक पनि हो।