भारतीय रिजर्भ बैँकले सबै प्रमुख नीति दरहरूलाई यथावत राखेको छ

भारतीय रिजर्भ बैँकले बुधबार अपराह्न घोषणा गरेको पाँचौँ द्विमासिक नीति समीक्षामा सबै प्रमुख नीति दरहरूलाई यथावत राखेको छ। परिणामस्वरूप रेपो दर ६.५ प्रतिशतमा र रिभर्स रेपो दर ६.२५ प्रतिशतमा यथावत छन्।

रेपो दर त्यो दर हुन्छ जसमा भारतीय रिजर्भ बैँकले बैँकहरूलाई सरकारी प्रत्याभूतिहरूका लागि सामान्यतया दिने गर्दछ। रिभर्स रेपो दर त्यो दर हुन्छ जसमा भारतीय रिजर्भ बैँकले बैँकहरूबाट रकम लिन्छ। भारतीय रिजर्भ बैँकले सूचित गरेअनुसार मार्जिनल स्ट्यान्डिङ्ग सुविधा दर र बैँक दर पनि ६.६५ प्रतिशतमा यथावत रहनेछन्।

भारतीय रिजर्भ बैँकका गभर्नर उर्जित पटेलको अध्यक्षतामा छःसदस्यीय मौद्रिक नीति समितिले सर्वसम्मतिद्वारा नीति दरहरूलाई यथावत राख्ने निर्णय गरेको हो। अक्टोबरमा जारी पछिल्लो नीति घोषणामा भारतीय रिजर्भ बैँकले सबै नीति दरहरूमा कुनै परिवर्तन गरेको थिएन।

आगामी वर्ष सामान्य मनसून वर्षा हुने आशामा भारतीय रिजर्भ बैँकले आगामी वित्त वर्षको प्रथम अर्धभागमा मुद्रास्फीति ३.८ देखि ४.२ प्रतिशतको बिचमा रहने सम्भावना व्यक्त गरेको छ।

विकासको क्षेत्रमा भारतीय रिजर्भ बैँकले सकल घरायसी उत्पाद विकास दर यो वित्त वर्षमा ७.४ र २०१९-२०-को प्रथम अर्धभागमा ७.५ प्रतिशत रहने अड्कल लगाएको छ।

मौद्रिक नीति समितिको आगामी बैठक आगामी वर्ष ५ देखि ७ फेब्रुअरीको बिचमा हुने कार्यक्रम छ।