भारतले आगामी दशकमा ७ देखि ८ प्रतिशतको उच्च विकास दर कायम राख्नेछः अरुण जेटली

वित्त मन्त्री अरुण जेटलीले विश्वमा सबैभन्दा तीव्र गतिले बढीरहेको उदियमान अर्थव्यवस्थामध्ये एक भारतले आगामी दशकमा ७ देखि ८ प्रतिशतको उच्च विकास दर कायम राख्ने सम्भावना व्यक्त गर्नुभएको छ।

श्री जेटलीले यो कुरा न्युयोर्कमा भारतीय महावाणिज्य दूतावासमा आयोजित ‘दिवाला र दिवालियापन कानुन’ विषयक सम्मेलनलाई भिडियो कन्फ्रेन्सिङ्गमार्फत उद्घाटन सम्बोधन गर्दै भन्नुभएको हो।

दिवाला र दिवालियापन कानुन प्रक्रियामार्फत भारतमा लगानी अवसरहरूमाथि प्रकाश पार्दै वित्त मन्त्रीले भारतीय अर्थव्यवस्थाको भावी सम्भाव्यताले गर्दा दिवाला र दिवालिया कानुन जुनप्रकारले अगाडि बढ्दैछ त्यो भारतमा निवेश गर्नका लागि गम्भीरताले सोचिरहेका लगानीकर्ताहरूका लागि ठुलो अवसर हो।