भिभिआइपि हेलिकोप्टर काण्डः क्रिश्चियन मिशेललाई दिल्लीको एक अदालतद्वारा ५ दिनको सिबिआइ हिरासतमा पठायो

बुधबार दिल्लीको एक अदालतले ३६ अर्ब रुपियाँको अगुस्ता-वेस्टल्यान्ड भिभिआइपि हेलिकोप्टर धाँधली मामिलामा ब्रिटिश दलाल क्रिश्चियन मिशेललाई पाँच दिनको सिबिआइ हिरासतमा पठाएको छ।

सिबिआइ-ले मिशेललाई प्रमाणहरूसित सामना गराउन अनि धाँधलीमा धनको हेराफेरि पत्तो लगाउनका लागि १४ दिनको हिरासतको माग गरेको थियो। मिशेलको वकिलले भने उसलाई न्यायिक हिरासतमा पठाउने निवेदन गरेको थियो।

क्रिश्चिन मिशेललाई संयुक्त अरब एमिरेट्सबाट मङ्गलबार राति प्रत्यार्पित गरिएको थियो र हिजो अपराह्न विशेष सिबिआइ न्यायाधीश अरविन्द कुमारसमक्ष पेश गरिएको थियो।

मिशेलको तर्फबाट एउटा जमानतको आवेदन पनि प्रस्तुत गरिएको थियो। अदालतले सिबिआइ-लाई आरोप पत्रसमेत मिशेलसम्बन्धी प्रासङ्गिक सबै दस्तावेजहरू मिसेललाई प्रदान गर्न भनेको छ।