भारत र पेरुद्वारा भन्सार मामिलाहरूमा सहयोग र परस्पर सहायताका लागि एक सम्झौतामाथि हस्ताक्षर

भारतले बुधबार पेरूसित भन्सार मामिलाहरूमा सहयोग र सहायताका लागि एउटा सम्झौतामाथि हस्ताक्षर गरेका छन्।

यसमा दुई मुलुकका भन्सार अधिकारीहरूबिच जानकारी र गोप्य सूचनाहरू साझा गर्नका लागि एउटा कानुनी ढाँचा प्रदान गरिएको छ।

सम्झौताले भन्सार कानुनहरूको यथोचित उपयोग, र भन्सारसम्बन्धी अपराधाहरू रोक्न र तिनको जाँच गर्नमा पनि मद्दत गर्नेछ।

भारतको वित्त मन्त्रालयले एक विज्ञप्तिमा भनेअनुसार नयाँ दिल्लीमा हस्ताक्षरित सम्झौताले दुई मुलुकबिच व्यापारलाई सहुलियत प्रदान गर्न र सामानहरूको कार्यकुशल ढङ्गले निब्टान सुनिश्चित गर्ने अपेक्षा छ।