राष्ट्रले आज डक्टर भीमराव अम्बेडकरलाई उहाँको ६३औँ महापरिनिर्वाण दिवसमा श्रद्धाञ्जली अर्पण गर्दैछ

राष्ट्रले आज बिहीबार भारत रत्न डक्टर भीमराव अम्बेडकरको ६३औँ महापरिनिर्वाण दिवस अर्थात पूण्य-तिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गरिरहेको छ।

राष्ट्रपति रामनाथ कोविन्दले नयाँ दिल्लीमा संसद भवन परिसरमा बाबा साहेबको सालिगमा पुष्प श्रद्धाञ्जली चढाउनुभयो।
उप राष्ट्रपति एम. वेंकैया नायडू, प्रधान मन्त्री नरेन्द्र मोदी, भूतपूर्व प्रधान मन्त्री मनमोहन सिंह, लोकसभा सभामुख सुमित्रा महाजन, सामाजिक न्याय एवम् अधिकारिता मन्त्री थावरचन्द गहलोत, काँग्रेस अध्यक्ष राहुल गान्धी, र अन्य गण्यमान्य व्यक्तिहरूले भारतको संविधानका जनक डक्टर अम्बेडकरलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
यस अवसरमा सामाजिक न्याय एवम् अधिकारिता मन्त्रालयअन्तर्गत एक स्वायत्त संस्थान अम्बेडकर प्रतिष्ठानद्वारा एक समारोहको आयोजन गरिएको छ।
मुम्बईमा हिजो चैत्य भूमिमा धर्म-निरपेक्षता शीर्षकमा एउटा दुईदिने पेन्टिङ्ग प्रदर्शनीको उद्घाटन गरियो।
हरेक वर्ष डक्टर अम्बेडकरको पूण्य तिथिको अवसरमा देशका विभिन्न भागबाट उहाँका अनुयायीहरू मध्य मुम्बई स्थित चैत्य भूमिमा भेला हुने गर्दछन्।