प्रधान मन्त्री मोदी इन्स्टाग्राममा सर्वाधिक फलो गरिने विश्व नेता

प्रधान मन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा सर्वाधिक लोकप्रिय विश्व नेताको रूपमा सामुन्ने आउनुभएको छ जसका १ करोड ४८ लाख फलोअरहरू छन्।

अनलाइन प्लेटफर्म ट्विप्लोमेसीले प्रकाशित गरेको एक सूचीअनुसार श्री मोदीपछि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोको नम्बर छ जसका १ करोड २२ लाख फलोअरहरू छन् भने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प १ करोड फलोअरहरूका साथ तेस्रो नम्बरमा हुनुहुन्छ।

प्रधान मन्त्री मोदी ट्विटर र फेसबुकमा पनि अति सक्रिय हुनुहुन्छ। उहाँको ट्विटर एकाउन्टका ४ करोड ३० लाखभन्दा धेरै र फेसबुकमा ४ करोडभन्दा धेरै फलोअरहरू छन्। श्री मोदी सामाजिक सञ्जाल प्लेटफर्महरूमा सर्वाधिक लोकप्रिय विश्व नेताहरूमध्ये एक हुनुहुन्छ।