साहित्य अकादेमी पुरस्कार २०१८-को घोषणा

साहित्य अकादेमीले २४ भाषाहरूमा आफ्नो वार्षिक पुरस्कारको घोषणा गरेको छ। ७ कवितासंग्रह, ६ उपन्यास, ६ लघुकथा, ३ समालोचना र दुइ निबन्ध संग्रहहरूको चयन प्रतिष्ठित साहित्य अकादेमी पुरस्कार, २०१८-का लागि गरिएको छ।

नेपाली भाषामा लोक नाथ उपध्याय चापागाईँलाई उहाँको कथा संग्रह “किन रोयौ उपमा”-का लागि अकादेमी पुरस्कारले सम्मानित गरिएको छ।

असमिया भाषामा सनन्त ताँती, कोंकणीमा परेश नरेन्द्र कामत, मलयालममा एस रमेसन नायर र संस्कृतमा डा. रमाकान्त शुक्लालाई कविता संग्रहका लागि अकादेमी पुरस्कार दिइनेछ।

कथा संग्रह विधामा बाङ्गालामा संजीब चटोपाध्याय, कश्मीरीमा मुस्ताक अहमद मुस्ताक र मैथलीमा प्रो. बीना ठाकुरले पुरस्कार जित्नुभएको छ।

डोगरीका इन्द्रजीत केसर, अंग्रेजीमा अनीस सलिम, हिन्दीमा चित्रा मुद्गललाई उपन्यास विधामा अकादेमी पुरस्कारले सम्मानित गरिएको छ।

प्रख्यात लघु कथाकार मुश्ताक अहमद मुस्ताकलाई उहाँको कथासंग्रह “आख”-का लागि पुरस्कृत गरिएको छ। “आख”-मा १८ लघुकथाहरू शामेल छन् जो २०१२-मा प्रकाशित भएको थियो। २०१४-मा यस कथासंग्रहका लागि उहाँलाई राज्यको अकादेमी पुरस्कारले सम्मानित गरिएको थियो।

साहित्य अकादेमीले एक प्रेस जनाऊमा भनेको छ, आगामी वर्ष २९ जनवरीमा साहित्योत्सवको आयोजना गरिएको बेला एक रोड-शो कार्यक्रममा ती पुरस्कारहरू प्रदान गरिनेछन्।